प्रदेश सरकारले बनायो गल्याङमा ५० बेडको आईसोलेसन

४ असार २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


स्याङ्जा—४ असार । स्याङ्जामा कोरोना संक्रमण बढे सगै थप उपचारका लागि आइसोलेसन बनाउने काम पतिब्र पारिएको छ । जिल्ला अस्पतालमा १० बेडको मात्रै रहेको आइसोलेसन अब स्याङ्जामा एक सय बेडको तयारी भएको हो । गण्डकी प्रदेश सरकारले स्याङ्जा सदरमुकाम स्थित जिल्ला अस्पताल, भीरकोट स्थित कालिका सामुदायीक अस्पताल र गल्याङ् स्थित गल्याङ् नगर अस्पतालमा आइसोलेसनका लागि सहयोग गरेको थियो । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्लाका ३ ठाँउमा सुबिधा सम्पन्न आईसोलेसन कक्ष तयार भए सगै अब कोरोना संक्रमण देखिएमा कुनै समस्या नहुने बताइएको छ । अस्पतालको पूर्बाधार भएका ठाँउलाई आईसोलेशनमा परिणत गरिएपछि उपचारमा समेत कठिनाई नहुने बुझिएको छ ।

छिल्लो पटक गल्याङ नगरपालिकामा रहेको समुदायले स्थापना गरको नगर अस्पताललाई आईसोलेशनमा परिणत गरिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग तथा गल्याङ नगरपालिकाको समन्वयमा आईसोलेशन वार्ड तयार पारिएको स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिए । गल्याङ नगरपालिकाको स्वामित्वमा रहेको नगर अस्पताललाई आईसोलेशनमा परिणत गर्नका लागि तत्काल प्रदेश सरकारबाट रु १० लाख प्राप्त भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिए । यो रकम निर्माण र संक्रमितको बसोबास तथा खाना, खाजामा खर्च गरिने प्रजिअ क्षेत्रीले बताए । क्वारेन्टीनको जिम्मा स्थानीयतहले र आईसोलेसनको जिम्मा प्रदेश सरकारले लिएको भन्दै प्रजिअ क्षेत्रीले भने, “आइसोलेसनका लागि अपुग रकम प्रदेशबाट शोधभर्ना हुँदैजानेछ ।”प्रजिअ क्षेत्री स्याङ्जामा सरुवा भई आए लगत्तै गल्याङमा आईसोलेसन निर्माणका लागि सक्रियता देखाएका हुन् । जिल्लामा संक्रमित बढिरहेको जानकारी पाउनासाथ सम्भव भएको र अस्पतालका पूर्बाधार भएको ठाँउलाई सुबिधा सम्पन्न आईसोलेसन बनाउन प्रशासन सक्रिय भएको प्रजिअ क्षेत्रीले बताए ।

गल्याङको आईसोलेसनमा मंगलबार नै चापाकोटका ३ जना संक्रमितलाई राखिएको प्रजिअ क्षेत्रीले जानकारी दिए । यसअघि कालिका सामुदायिक अस्पतालमा ५० शैयाको आईसोलेशन वार्ड तयार गरि प्रयोगमा ल्याएको थियो जहाँ अहिले पनि ५० जना कोरोना संक्रमितलाई राखिएको छ ।कालिका सामुदायिक अस्पताललाई आईसोलेशन वार्डमा परिणत गर्न प्रदेश सरकारबाट तत्काल १० लाख उपलव्ध गराईएको थियो भने संक्रमितहरुको खानाको व्यवस्था, उपचार खर्च र स्वास्थ्यकर्मीलाई दिनुपर्ने सेवा सुबिधा प्रदेशले ब्यहोर्ने स्वास्थ्य प्रमुख शर्माले बताए ।त्यस्तै जिल्ला अस्पताल स्याङ्जामा पनि १० बेडको सुबिधा सम्पन्न आईसोलेशन वार्ड रहेको छ । पुतलीबजार नगरपालिकाको समन्वयमा निर्माण गरिएको आईसोलेशनको व्यवस्थापनका लागि प्रदेशले रु १० लाख उपलव्ध गराएको जिल्ला अस्पतालका प्रमुख डाक्टर शुसिल मरासिनीले जानकारी दिए । स्याङजामा हाल सम्म कोरोना संक्रमणको संख्या ६४ पुगेको छ भने ७ जना निको भएर घर फर्केका छन् । अन्यको उपचार भएको छ । एक जनाको निधन भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया