मेलिना राई र पुरुषोत्तम पौडेलको स्वरमा छमछम पाउजु तीज गीत बजारमा

प्रकाशित मिति:

 

इज्जत कँडेल,  बुटवल। विश्वमै कोरोना भाइरस कोभिड 19  कारण धेरै देशको अर्थतन्त्रहरु धरापमा पर्दै गएका छन्। नेपालमा पनि झन्डै ३ महिनाको लकडाउनले गर्दा धेरै ब्यापार बिजनेस ठप्पै भए जो कारणले नेपाली सांगीतिक, फिल्मी लगायतका अन्य धेरै क्षेत्रमा समेत असर गरेको छ । लामो समय सम्म सुटिङ्गका कामहरु ठप्प हुन पुगे गत वर्षहरूको समय हेर्ने हो भने अहिलेको यो समय धमाधम तीजका गीत रेकर्डिङ र सुटिङमा ब्यस्त हुने कलाकारहरुको समय हो। तर यो वर्ष गत वर्षहरूको जति तीज गीतहरू बजारमा आउन नसक्ने देखिन्छ कोरोना त्रासका कारण गत वर्षहरुमा तीज गीतहरू धेरै बजारमा ल्याउने म्युजिक कम्पनी मध्य उमंग म्युजिक पनि १ कम्पनी हो। जसले दर्जनौ तीज गीतहरु प्रत्येक वर्ष दर्शकहरुमाझ ल्याउने गर्दथ्यो। तर यो वर्ष कोरोना कहर अनि लकडाउनले गर्दा गत वर्ष जस्तो नभय पनि छुट्टै खालका केही गीतहरु दर्शक माझ पुर्याउने कोसीस भइरहेको उमंग म्युजिक कम्पनीका संचालक पुरुषोत्तम पौडेलले बताउनु हुन्छ। गत वर्षहरुमा धेरै गीतहरुबाट सफलता पाउनु भएका गायक तथा संगीतकार पुरुषोत्तम पौडेल यो बर्षका गितहरु केहि फरक खालका हुने भएकाले पनि सफलता पाउन सकिने विश्वास गर्नुहुन्छ। जुन तिज गीतहरु मध्य असार ३ गते “छमछम पाउजु” गीत समेत दर्शक माझ आफ्नै युट्युब च्यानल बाट रीलिज गरेको छ । जुन गीतको संगीत लकेट सेन अनि उक्त गीतमा स्वर मेलिना राइ र पुरुषोत्तम पौडेलको रहेको छ। जुन गीतको भिडियो निर्देशन मौसम हिमालीले गर्नु भयको छ भने अभिनय नरेश वीर सिंह र पुजन घिमिरेले गर्नु भएको छ । भिडियोको सम्पादन शिव पौडेलले गर्नुभएको छ। जुन गीतको मार्केटिङ उमंग म्युजिक प्रा लि ले गरेको छ ।लामो समयदेखि सांगीतिक क्षेत्रमा अनवरत रूपमा लाग्नुभएका पौडेलका विशेष त उहाँका धेरै तीज गीत बजारमा आइसकेका छन् यसो भन्दा उहाँका तीज बाहेकका टाउको माथि चस्मा लगायतका अन्य गीतले पनि बजारमा राम्रै चर्चा प्राप्त गरेका थिए । आशा गरौ गत वर्ष जस्तै यो वर्ष पनि उमंग म्युजिक कम्पनीबाट धेरै राम्रा राम्रा गीत हरु दर्शक माझ आउने छन्।