सरकारी गैरजिम्मेवारीको पराकाष्ठा हो । क्वारेन्टिनमा महिला माथी सामूहिक बलात्कार

प्रकाशित मिति:

रिता खनाल । दिनहुँ जसो मानबता माथी बढदै गएको क्रुर र पासबिक हत्या हरु र जननी शक्ति , मातृ शक्ति माथी हुने बालत्कार सामुहिक बलत्कार र बलत्कार पछि को हत्या को समाचार ले सिङ्गो मानव समुदाय दुखी दिनैपिच्छे हुनेगरेको छ झन मातृ बात्सल्य छिया छिया हुनेगर्दछ । रुकुम को चौर जहारी सोति मा अन्तरजातिय प्रेम सम्बन्ध कारण नवराज गणेश बिक लगाय ६ जना दलित युबा माथी सिङ्गो गाउँ नै उल्टिएर गरेको पाशबिक हत्या, केही समय अघि अमेरिका जस्तो महाशक्ति राष्ट्र लोक्तन्त्रको पर्याय देश को मिनियाना पोलिस भन्ने ठाउ को बिच सडक मा बर्दिधारी श्वेत पुलिस बाट अस्वेत नागरिक जर्ज फ्लोड माथी रङ्ग र नस्ल का कारण भएको अकल्पनीय र असहनिय क्रुरहत्या ले पनि सन्सार भरिको मानव हृदय को मानबिय संबेदनसिलता लाई तरंगित गरेको थियो । गत बर्स भारत को ह्याद्राबाद हाइवे साद नगर मा २६ बर्सिय भेतेनरी डाक्टर दिशा को ४ जना युबक ले सामुहिक बलात्कार गरि जिउदै जलाएर मारेको बीभत्स हत्या ।

गत बर्ष घटीत निर्मला पन्त १३ वार्षिय किशोरी को बलात्कार पछि हत्या र आज सम्म घटना को सत्यतथ्य न आउनु ले सिङो देश रोएको छ१ तराइमा दाइजो नपुगेको निहुमा कैयौ चेलि जलाएर कुटपिट गरि असहनिय यातना दिएर मारिए । गत बर्ष नारायणी अस्पताल का डा सचिनन्द यादब ले उन्कै पत्नी सुनिता यादव लाई दाइजो नपुगेको निहुँमा कुटपिटगरि मारे१ देश का कुनै न कुनै ठाउ बाट दिनहु बालिका बलात्कार किशोर वृद्धिआमा हरु बलात्कार , सामुहिक बलत्कार र हत्या का घटना ले मुटुभरी भक्कानो र गहभरी आँसु छचल्किन्छ१ गएको बर्ष बिरगंज छपकैया कि कक्षा पढ्ने१५ बर्सिय मुस्कान खातुन पढन जाँदै गर्दा गणेशचोक बिरगंज मा १६ बर्सिय सम्सद मिया ले प्रेम अस्विकार गरेको भन्दै उन्को अनुहार मा एसिड छर्किदिए१ काभ्रेमा केही बर्स अगाडी पहिला हजुर बुव ले पछि आफ्नै हजुर बुवाको कर्तुत आफ्नो बुवा बाट न्याय पाउने आश मा सुनाउदा पिता बाट नै भएको बलात्कार ,, कैयौं ठाँउ मा आफ्नै बुवा दाजु भाइ देवर जेठाजु ससुरा बाट बलात्कार मैनौ बर्सौ देखि भएको देखीहरु बेलाबखत मा समाचार बनिरहन्छ१ स्कुल जादा कोचिङ पढन जादा शिक्षक बाट असुरक्षित , अस्पताल जादा डाक्टर बाट असुरक्षित , गाडी चडदा चालक बाट असुरक्षित , अनाथालय र बृद्दा आश्रम हरुमा सन्चालक हरु बाट असुरक्षित , भगवान र पिता मानेका कयौ गुरु र सन्त हरु बाट बलत्कृत । जागिर माग्न र खान गयो माथिल्लो श्रेणी का हाकिम हरु बाट हिम्सा, न्याय माग्नु गयो प्रहरी र न्यायिक निकाय हरु बाट हिम्सा१ जहाँ जहाँ जुन सुकै क्षेत्र मा पनि यस्ता घटना नघटे को चोखो र अछुत क्षेत्र नै रहेन । यी सबै प्रतिनिधि घटना मात्र हुन ।

समाचार मा न आएका र समाज र परिवार का डर ले त अनगिन्ती हिम्सा हरु आवाजबिहिन भै पुस्तौ देखि दबिदै आए र अहिले सम्म पनि दमित छन । समाज का हर क्षेत्र का केही पासबिक नरपशु हरुको कारण समाज मा अबिभावकिय भुमिका निर्बाह गरिरहेका हर क्षेत्र का रास्ट्रसपूत पुरुष हरु लाई पनि कहिलेकाही आफ्नो लिङ्ग प्रती झस्काइ दिन्छ होला यसरी दिनहु जननी शक्ति माथी हिम्सा अपमान र पाशबिक हत्या भैरन्छ१ नेपाल को सन्दर्भ मा भन्नू पर्दा अब दोस कस कस्को हो त मिहिन खोजी र निराकरण को उपाय खोज्न जरुरी छ । यी यावत खाले क्रुर र पाशबिक घटना हरुको दोशी को हो महिला स्वयम् प्रकृत्ती प्रद्दत्त लिङिय उन्माद को समाज र सन्सकार को कमजोर आर्थिक अवस्था को कमजोर कानून को अब सिङ्गो मानव समुदाय ले यी घृणित र पाशबिक हिम्सा र हत्या हरुको कारण र निराकरण को जड र तोड सम्म पुगि बेजोड सङ लाग्न ढिलो भैसकेको छ । मानबिय लिंग कसै माथी पनि जुन लिंग ले अमानबिय मानसिक भौतिक शारिक आर्थिक भाषिक जुन सुकै तनाव यातना र कष्ट दिए पनि त्यो हिम्सा हो चाहे पुरुष होस या महिला कसै माथी पनि भएको मानबता बिरोधी गतिबिधी को बिरुद्द सिङ्गो मानव समुदाय जुरुक्क उठन जरुरी छ१ ब्यक्ती स्वयम् को लिङ्गीय अनुशासन ज्ञानेन्दृयहरु माथी आत्म नियन्त्रणसबै भन्दा उत्तम उपाय हो यस्ता जघन्य अपराध न्युनिकरण निराकरण का लागि हाम्रा पुर्बिय दर्शन , सबै नाता सम्बन्ध हरु माथिको सुसम्बन्ध र सु सन्सकार हरु को मजबुती मा हामी सबै सर्बत्र युद्द स्तर मा लाग्न आबस्यक छ ।

महिला शिक्षा र आर्थिक सवलिकरण ले समता मूलक समाज को निर्माण गर्दछ । संयुक्त परिवार प्रथा नैतिक शिक्षा र नैतिक चरित्र हरु लाई फेरि परिवार देखि बिधालय शिक्षा सम्म लागू गर्न जरुरी छ । बलात्कारि हरु लाई फासिको सजाय सम्म को कानुनी ब्यबस्था अति जरुरी भैसकेको छ । पीडित लिंग ले पनि भटकिलो र उत्ताउलो भेषभूसा रहन सहन र सार संगत बाट जोगिन जरुरिछ । हरेक महामारी र बिपत्ति को पहिलो सिकार महिला र बालबालिका नै हुनेगर्दछ । सरकार र समाज का हरेक बुज्रुक बर्ग ले देखोको र भोगेको सत्य हो यो१ यो सरकार नागरिक को जीवन रक्षा र उस्को स्वास्थ्य तर्फ कहि कतै जिम्मेवार भेटिएन । यत्रो मानव सभ्यता ले कल्पना नगरेको कोरोना को कहर अर्थात कोभीड १९ को महाब्याधी को समय मा पनि प्रधानमन्त्री र वहाँ को सरकार सर्बत्र भ्रष्टाचार मा लिप्त रह्यो नागरिक घर भित्र थुनिएर बसेको झन्डै ३ महिना सम्ममा कैयौं ब्यक्ति बोकभोकै मरे आत्मदाह र आत्म हत्या गरे क्वारेन्टािन मा बसेका मान्छे औसधि र अस्पताल नदेखी मरे तर सरकार मुर्दा मा राजनिती र कात्रो मा कमिशन खानै तल्लिन छ । हर निकाय र क्षेत्र का उध्योग ब्यबसायी हरु धराप मा परे बिपन्न अशक्त अपाङ र श्रमजीवी बर्ग सबै भन्दा ठुलो मारमा परेको छ । यो महामारी मा एकल बिधवा महिला र अपाङ्ग अशक्त हरु प्रती सरकार को पहिलो सम्पूर्ण दायित्व र विशेष प्याकेज योजना हुनुपर्ने मा उल्टो यिन्को नगन्य भत्ता सुबिधा खोस्न सरकार उधोलित बन्यो सिमा मा आइपुगेका हजारौं नागरिक

सिमामा आइपुगेका हजारौं नागरिक को यो सरकार अबिभावक बन्न सकेन खा डि र अन्य मुलुक मा अलपत्र परेका नागरिक को आफ्नो देध आफ्नो भुमी जीवन को सबै भन्दा कष्टकर समय मा आफ्नो बन्न सकेन हरेक महामारी को पहिलो सिकार महिला र बालबालिका हुने गर्दछन यी यावत खाले घटना र सर्बत्र को बेथिती बारे नागरिक सुझाव दबाब लाई बेवास्ता गरि स्वेच्छाचारी अधिनायकवादि निरंकुश र बिबेकहिन सरकारी रबैया को उपज हो गत शनिबार कैलाली को लम्की चुहा नगरपालिका वडा नम्बर । स्थित सहिद स्मारक सेकेन्डरि बिध्यालय को चुकुल सम्म नभएको कोठामा बस्न बाध्य गत हप्ता भारत बाट फर्किएकी एक महिला माथी सोही क्वारेन्टाइन का स्वयम् सेवक र स्वास्थ्यकर्मी ३ दलित युबा हरुले गरेको सामुहिक बलत्कार नागरिक प्रती को अत्यन्तै गैर जिम्मेवार भ्रष्ट नालायक सरकार ले सम्पूर्ण दोस लिनु प्रदछ । यो महामारी मा एउटा दुख मा परेको मानव लाई भेडा बाख्रा गोथ अति अव्यवस्थित स्कुल को कोठा हरु मा नागरिक लाई जनावर सरह राखेर १० अर्ब को हिसाब देखाउने यो सरकार सङ सम्पूर्ण मा मातृ शक्ति का तर्फ बाट बलात्कारि उन्मुख क्वारेन्टिन र अव्यवस्थित गतिबिधिका कारणसृजित जघन्य बलात्कार को घटना को सम्पूर्ण दोशी स्वम सरकार र तिन्का सम्बन्धित निकाय हुन अब कार्बाही कस्लाइ सरकार आफै बुझोस