कोभिड १९ राहत कोषमा झण्डै ४३ लाख संकलन

प्रकाशित मिति:

तोलाकान्त बगाले/वालिङ-वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा बिहीबारसम्म झण्डै ४३ लाख संकलन भएको छ ।वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा नगद तथा जिन्सी गरी रु. ४२ लाख ८२ हजार ७ सय १७ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको राहत कोषमा नगद ३२ लाख १८ हजार १ सय ४७ र खाद्यान्न तथा जिन्सी १० लाख ६४ हजार ५ सय ७० गरी कूल रु. ४२ लाख ८२ हजार ७ सय १७ संकलन भएको हो ।कोषमा माया, दी र योगा गुरुङ वालिङ १० बाट ५० हजार, ध्रुब पंगेनी वालिङ ९ बाट १० हजार, नवदुर्गा आमा समूह वालिङ १४ बाट ५ हजार १ सय, कल्लेरी टोल विकास संस्था वालिङ ९ बाट १० हजार १ सय ५, राष्ट्रिय फुटबल खेलाडी वालिङ ९ निवासी सुरज हमालबाट ५ हजार, बोधराज पंगेनी तथा धर्मागत पंगेनी वालिङ ९ बाट ५ हजार ५, बगाल्थोक दुर्गा आमा समूह वालिङ ८ बाट ११ हजार १२, एक्लेपिपल टोल विकास संस्था वालिङ ६ बाट ६ हजार, शालिकराम डुम्रे वालिङ १४ बाट ३० हजार, अमृत आमा समूह वालिङ ९ बाट ७ हजार ५, समाज सुधार आमा समूह वालिङ ११ बाट १० हजार ५ सय ५, डोलराज पंगेनी, कृष्णप्रसाद पंगेनी वालिङ ९ बाट ५० हजार, राधाकृष्ण आमा समूह वालिङ १४ बाट ४ हजार ७ सय ५५ बराबरको खाद्यान्न, बगाले टोल आमा समूह वालिङ ८ बाट १२ हजार ९ सय, सन्दीप डुम्रे वालिङ १४ बाट ७ हजार १ सय १०, समाज कल्याण सामुदायिक बन उपभोक्ता समूह वालिङ ११ र भीरकोट ५ बाट १० हजार, तुल्सीराम पंगेनी वालिङ ८ बाट ५ हजार १० रुपैया संकलन भएको हो ।

वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।