पर्वतमा चिकित्सक सहित ५ जना स्वास्थ्कर्मीमा कोरोना संक्रमण

५ असार २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


पर्वत/ पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि संगै अस्पतालले शुक्रबार देखि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरेको छ ।

उपचारका क्रममा खटिएका चिकित्सक सहित स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता डाक्टर बिनोद बिन्दु शर्माले पुष्टि गरे । पर्वत अस्पतालले पनि बिज्ञप्ती प्रकाशित गर्दै संक्रमण पुष्टि भएको जानकारी दिएको छ।कोरोना अस्पतालमा कार्यरत ७ जनाको नमुना परिक्षण गरिएकोमा ५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना अस्पतालमा एक हप्ता बिताइएपछि उनीहरु अहिले पनि क्वारेन्टाइनमा नै रहेको बताइएको छ ।खबरकुरा बाट 

फेसबुकबाट तपाईको प्रतिक्रिया