होम क्वारेन्टाइनमै गुल्मीका एक पुरुषको मृत्यु,

५ असार २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, असार ५ । गुल्मीमा होम क्वारेन्टाइन्मा बसेका एक पुरुषको मृत्यु भएको छ। १३ दिन अघि भारतको मुम्बईबाट आएर होम क्वारेन्टाइनमा बसेका ६९ वर्षीय एक पुरूषको बिहीबार राति मृत्यु भएको हो।

प्यारालाइसिसको समस्या रहेको पुरुषलाई गाउँपालिकाले परिवारको रेखदेखमा घरमै सुरक्षित रूपमा होम क्वारेन्टाएनमा राख्न सुझाएको थियो।उनको आरडिटी परीक्षणमा एन्टिबडी पोजेटिभ देखिएको थियो। उनको मृत्युपछि स्वाब संकलन गरि भैरहवा पठाइएको छ।स्वाब संकलनको रिपोर्ट आउन समय लाग्ने भन्दै उनको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया