भारतमा कोरोना संक्रमित तीन लाख ८० हजार नाघे

प्रकाशित मिति:

 काठमाडौं असार  ५   । भारतमा कोरोना भाइरस  कोभिड-१९० बाट संक्रमित हुनेको संख्या तीन लाख ८० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन लाख ८० हजार ५३२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका १३ हजार ५८६ नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै अहिलेसम्म दुई लाखभन्दा बढी संक्रमित डिस्चार्ज वा निको भइसकेका छन् । डिस्चार्ज वा निको हुनेको संख्या पनि अहिलेसम्म दुई लाख चार हजार ७११ पुगेको छ ।कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या पनि १२ हजार ५७३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ३३६ जनाको मृत्यु भएको हो ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख २० हजार ५०४ संक्रमित फेला परेका छन् भने पाँच हजार ७५१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म ५२ हजार ३३४ संक्रमित फेला परेका छन् भने ६२५ जनाको मृत्यु भइसकेको छ ।दिल्लीमा ४९ हजार ९७९ संक्रमित भेटिँदा एक हजार ९६९ को मृत्यु भइसकेको छ । गुजरातमा २५ हजार ६०१ संक्रमित फेला परिसकेका छन् भने एक हजार ५९१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म १५ हजार १८१ संक्रमित फेला परेका छन् भने ४६५ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा १२ हजार ७३५ संक्रमित भेटिएका छन् भने ५१८ जनाको मृत्यु भइसकेको छ । बिहारमा सात हजार २५ संक्रमित फेला परेका छन् भने ४४ जनाको मृत्यु भइसकेको छ ।