भीरकोटका मौरीपालक कृषकलाई ४ दिने आधारभुत तालिम

५ असार २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


चुत्र महत असार ५,भीरकोट -भीरकोट मौरी पकेट संचालन समिति वडा न.५ र ३ द्धारा आयोजित मौरी पालक कृषकहरुलाई भाग्योदय मावि उजेँली डांडांमा ४ दिने मौरी पालन आधारभुत तालीम शुरु भएको छ ।  ४ दिने मौरी पालन आधारभुत तालिमको उद्घाटन गर्दै नगर प्रमुख छायाराम खनालले प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना अन्र्तगत भीरकोट नगरपालिकाको ३ र ५ वडामा संचालन हुन लागेको मौरी पकेट क्षेत्र कार्यक्रमले कृषकहरुलाई कृषि गर्नमा प्रेणा मिल्ने र आत्मवल वढ्ने भन्दै प्रमुख खनालले मौरीको मह पूर्ण आहार को रुपमा मानिने भएकाले स्वास्थ्य रहनका लागी दैनिक एक चम्चा मह शेवन गर्नु अमृत सरह हुने वताए ।

मौरीको मह धार्मिक दृष्टकोणले पनि महत्वपूर्ण मानिने र हरेक पूजाआजामा प्रयोगमा आउने भएकाले पनि वजारमा यस्को वढ्दो माग भएकाले अव भीरकोटलाई मौरी र महको हवको रुपमा विकास गर्ने उद्धेश्य रहेको नगर उप प्रमुख सिमा केसी कर्माचार्यले वताईन । उद्घाटन कार्यक्रममा नगर प्रवत्ता एंव भीरकोट नगरपालिकाका कृषि संयोजक दिपेन्द्र केसी, ३, ५ र ६ न.वडाका अध्यक्षहरु क्रमशःवावुराम श्रेष्ठ,याम प्रसाद अधिकारी र लक्ष्मण खत्री क्षेत्री,भाग्योदय माविका सायक प्रअ रेशम खनाल लगायतले ४ दिन सम्म सिकेका सिपहरुलाई हुवहु व्यवहारमा उतारी व्यवसायी रुपमा मह र मौरी उत्पादन वृद्धी तर्फ लाग्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे । श्री सिर्जना कृषि सहकारी सस्थाका अध्यक्ष श्याम प्रसाद खनालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको संचालन मौरी पकेट क्षेत्र संचानल समितिका अध्यक्ष नन्दलाल खनालले र स्वागत वोर्ड सदस्य विष्णुमाया काफ्लेले गर्नुभएको थियो ।  ४ दिन सम्म संचालन हुने मैरी पालन आधारभुत तालिममा ६३ जना मौरी पालकहरुको सहभागीता रहने छ भने तालिमको सहजिकरण प्रशिक्षक द्धय मौरी पालक कृषक माहासंघ केन्द्रिय उपाध्यक्ष श्याम प्रसाद अर्याल र मौरी पकेट क्षेत्र संचालन समितिका अध्यक्ष नन्दु खनालले गर्नु हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया