सांसद विकास कोषको खर्च नभएको रकम कोभिड कोषमा जम्मा गर्ने बाटो खुल्यो

प्रकाशित मिति:

५ असार, काठमाडौं । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम ९संसद विकास कोष० को खर्च नभएको रकम कोरोना उपचार कोषमा लैजाने बाटो खुलेको छ ।

२ असार मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरेसँगै सो रकम कोरोना कोषमा लैजान बाटो खुलेको हो । यसअनुसार स्थानीय तहले कार्यक्रम कार्यान्वयन गर्दा कुनै कार्यक्रमका लागि आर्थिक वर्ष २०७६र०७७ मा छुट्याएको रकम बचत भएको भए निर्देशक समितिका संयोजक ९निर्वाचित सांसद०ले अरू सदस्यसँग परामर्श गरेर सम्बन्धित स्थानीय तहको कोभिड कोषमा जम्मा गर्न सक्नेछन् ।
‘यस्तो रकम असार १५ सम्म जम्मा गरिसक्नुपर्नेछ । यसले कोभिड(१९ सँग सम्बन्धित स्रोतको समस्यालाई हल गर्न सहयोग गर्नेछ’ अर्थ तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले बताए ।
‘यस्तो रकम असार १५ सम्म जम्मा गरिसक्नुपर्नेछ । यसले कोभिड(१९ सँग सम्बन्धित स्रोतको समस्यालाई हल गर्न सहयोग गर्नेछ’ अर्थ तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले बताए ।

@onlinekhabar.com