सन्धिखर्क-गोरुसिंगे सडक अवरुद्ध

प्रकाशित मिति:

बुटवल/तीन दिनदेखि परेको लगातारको वर्षाले सन्धिखर्क-गोरूसिंगे सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि बुटवलबाट सन्धिखर्क जाने र बुटवल, कपिलवस्तु आउने सवारी साधन रोकिएका छन् ।

शितगंगा नगरपालिकाको सीतापुर आसपासमा सडक अवरूद्व भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । लगातार वर्षा भइरहेकाले पहिरो हटाउने काम चले पनि तत्कालका लागि यात्रा नगर्न पौडेलले आग्रह गरे । लगातारको वर्षाले अर्घाखाँचीको जनजीवन कष्टकर बनेको छ ।कान्तिपुर दैनिक