गुल्मीमा १४ जनामा कोरोना भाइरस को  संक्रमण

प्रकाशित मिति:

गुल्मी/गुल्मीमा १४ जनामा कोरोना भाइरस को  संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएका सबै रेसुङ्गा नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।

नगरपालिकाको वडा नम्बर६ का २१ वर्षकी महिला, वडा नम्बर(७ का ३९ वर्षका पुरुष, वडा नम्बर-८ का २१ वर्षका पुरुष, वडा नम्बर(१० का १९ वर्षका, २८ वर्षका, १८ वर्षका पुरुष र १८ वर्षकी महिला रहेका छन् । त्यस्तै वडा नम्बर-१३ मा २१ वर्षका, ३० वर्षका ३६ वर्षका पुरुष वडा नम्बर १४ मा १८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएकोे नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए ।

संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा रहेको स्वास्थ्य संयोजक अर्याललले बताए । जिल्लामा पछिल्लो तथ्याङ्क अनुसार १६७ जना कोरोना संक्रमित पुगेका छन् ।संक्रमित ६ जना कोरोना मुक्त भएकर घर फर्किएका छन् ।जिल्लामा कोरोनाबाट २ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट १०२६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ४२८ जनाको रिर्पोट आउन बाँकी रहेको प्रमुख जिल्ला भरतकुमार अधिकारी शर्माले बताए ।अनलाईन खबरबाट