आजकाल म

६ असार २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


आजकाल म,
यसभेगका मान्छेहरुको,
जन्मदेखी मृत्यूसम्मका,
विभिन्न कालखण्डहरुलाई,
आफ्नो गर्भमा,
सकि नसकी लुकाइराखेको,
एक सय बर्ष भन्दा लामो,
इतिहास बोकेको,
एउटा बुढो र थोत्रो अस्पताललाई,
समयको गतिशिलता सँगै,
डोर्याउने कोशिसमा छु ।

मैलै बुझेको छु,
पुरानै आवरण र
थकित,गलित–कलान्त इन्जिनले
नयाँ आशा र भरोसालाई
थेग्न सकेका छैनन् ।
त्यसैले यसलाई शुरुमा नयाँ रुप दिन,
एउटा आशा सञ्चार गर्न,
काँचुलीको खण्डह रुप–
बाहिर फालेर भए पनि,
भित्र केही स्वरुप बदलिएको छ ।
अस्थायी नै भएपनि
यहाँहरुको सम्मतिलाई,
आत्मसात गर्दै
इन्जिनलाई अलिकति
“वार्म अप” गराउँदैछु ।

गति त “इन्जिन”को,
रेसिङ्ग भएपछि हुने हो,
सावधानीका साथ चलाउँदै जाने हो,
तर यहाँ त,
गीयर नै डाउन मात्र हुँदौ रैछ,
“क्लच ” र “इन्जिन” को,
आक्कल झुक्कलको सम्बन्धले,
अलि अलि चल्दो रहेछ,
तर,रोकिएको भने होइन ।
इन्जिन त ओभरहाउल नै,
गराउन पर्ने भाको रैछ हजुर,
समयको गतिशिलता हेर्ने हो भने,
आवरण फेरेर मात्र नहुने,
यहाँ त इतिहासको नयाँ जीवन,
शुरु पो गराउनुपर्ने देखिन्छ,
इन्जिनका पार्टपुर्जा केही बेइमान रैछन,
तेलको खपत बढि गराएर,
इन्जिन नै जलाउने खालका,
केहीले मात्र नुनको सोझो,
धर्म निर्वाह गरिराखेका ।

यही जन्मिएका र जन्माएकाले पनि,
केहि गरेनन्,
आफन्त ल्याएका र गुमाएकाले पनि
केही गरेनन् ,
यसको नाममा जागिर पाएकाहरुले,
खै के विकास गरे? थाहै भएन,
यसैको नाममा समृद्धि कमाएका,
रैथाने हुन कि बाहिर बाट आएका,
कसैले पनि वास्तै गरेनन्
बरु ऐजेरु वा क्यान्सर प्रवृति
रोपेर गएकी ? कसैलाई पत्तै भएन,
काम नगरी खान पल्केकाहरुको लागि भर्तिकेन्द्र हो की?
बहुमतले डुबाउनेको हठमा उतार्नेको जोड नचलेर हो कि?
यसले तालि पाएको कसैलाई सम्झना छैन,
गालि पाएको त कत्ति हो कत्ति,
अस्पतालको लापरवाही भन्नेको बचन,
यसले शब्द शब्दमा सहेकै छ,
मान्छे गेट भित्र छिरेपछि झेलेकै छ

भैगो अव वितेका कुरा के गरुँ भने पनि,
बर्तमानको पिरको कारण भुतकाल,
विकृतिको भार भविष्यले बोक्नुपर्ने
यो कस्तो अभिषप्त इतिहास?
यहि बेलामा,
कोरोनाको सन्त्रास
कालो बादल बनेर मडारिइराखेको छ ,
मान्छे मान्छे बीचको दूरी हुनुपर्ने देखियो,
मनलाग्दि भीड बनाएर,बोलेर भएन,
कुरा काटेर भएन,
जथाभावी खोकेर भएन,प्याच्च प्याच्च थुकेर भएन,
हातको मुढेवल बलमिच्याइ देखाएर भएन,
मर्यादाको सीमालाई अनुशासनको घेराभित्र
मास्कले नाक मुख छोपेजस्तै राख्नुपयो,
स्वास्थ्य रहे जीवन रहन्छ बुझ्नुप¥यो,
सायद भाइरसले यहि कुरा सम्झाउदै छ ।
यो भय र त्रासमा
जीवन प्रतिको आशा केन्द्रित यतैतिर,
इन्जिन चालक मुख्य भएकोले,
भनौ मैतिर भएजस्तो लाग्छ,
कोरोना संक्रमितलाई मृत्युबाट जोगाउनु छ,
कोरोना संक्रमित बाट अरुलाई पनि बचाउनु छ,
सुरक्षित बातावरणमा अस्पतालको सेवा सूचारु गर्नु छ ।
संयोगले यस संगिन घडिमा,
संकटको पार लगाउन

स्वतःस्फूर्त जस्तै बनेको चालकदल(समर्पित चिकित्सक,नर्सिङ्ग,प्यारामेडिक्स तथा सहयोगी साथीहरु)
कोही भरपर्दो खटेरै लाग्ने अभिभावक (बर्तमान विकास समिति)
साथै साथ अगाडी बढेको महशुसले र
यहाँहरुको धाप र ढाडसले,
मलाई कत्ति पनि डर लागेको छैन,
क्लच (आम जनता) र इन्जिन (अस्पताल) को सम्बन्ध
एउटा,
नयाँ संकल्पमा
भरपुर विश्वासमा र
सकारात्मक सहयोगमा
रहे,
धैर्यताका साथ प्रतिक्षा गर्नोस “यी दिन सधै यस्तै रहने छैनन्,”
आशाको दियो बालिराख्नोस “भरोसाको शिखा निभ्न दिने छैनौ”
डा.राजेन्द्र प्रसाद खनाल
प्रमुख मेडिकल सुपरिटेण्डेण्ट
लुम्बिनी प्रादेशिक अस्पताल,बुटवल

फेसबुकबाट तपाईको प्रतिक्रिया