बिरल बर्षाका कारण शितगंगा सहित बिभिन्न स्थानमा क्षति सडक आज नखुल्ने

६ असार २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


अबिरल बर्षाका कारण शितगंगा सहित बिभिन्न स्थानमा क्षति पुराएको छ । राति देखि आएको पानी पछि शितखोलामा बाढी आउदा खेतमा खोला पस्दा खेत रोपेका केही किसानको क्षथि पुराएको छ । यस्तै शितगंगा नगरपालिका ४ पोखेडाँडामा १ घर पहेरोले चापेको छ ।

स्थानिय पान बहादुर बेल्बासेको घर पहिरोले क्षति पुराएको छ यस्तै वडा नम्बर २ को र्झिरामा पनि १ घरमा क्षति पुराएको वडा प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयो उस्तै बर्षाकै कारण रोजियामा समेत १ घरमा क्षति पुराएको छ । यस्तै वडा नम्बर ४को सानादह घर अगाडी आँगन बाट चर्किए पछि त्रर्सित र्भका छन भने गोरुसिँगे सन्धिखर्क सडक खण्डमा दजनौ पहिरो जाँदा दिनभर सडक अबरोद्ध भएको छ ।

अहिले पनि सुपा देउराली सम्म सडकका पहिरो पन्छाए पनि खाँची खोलामा ठुलो पहिरो गएकोले सडक अवरोद्ध रहेका सडक फिल्ड सुपरभाइजर कृष्ण अधिकारीले जानकारी दिनु भयो । ठुलो पहिरो गएकोले आज खुल्ने सम्भावना कम रहेको अधिाकरीले बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया