सुदूरपश्चिममा थपिए ६ महिने बालकसहित ६९ कोरोना संक्रमित

प्रकाशित मिति:

काठमाडौं/सुदूरपश्चिम प्रदेशमा शनिबार साँझ थप ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालले शनिबार साँझ फेसबुकमार्फत नयाँ थपिएका संक्रमितहरुको जानकारी दिएको हो । अस्पतालका अनुसार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नयाँ थपिएका संक्रमित मध्ये २० देखि ५६ वर्ष उमेर समूहका ११ जना महिला र ६ महिनाको बालक देखि ६७ वर्ष सम्मका ५८ जना पुरुषहरु रहेका छन् ।उनीहरु अछामका २ जना, बैतडीका २ जना, बझाङका २ जना, डडेल्धुराका २७ जना, कैलालीका २४ जना, डोटीका ११ जना र कंचनपुरका एक जना रहेका छन् ।खबरहब