पहिरोले बेँसीशहर चामे सडक अवरुद्ध

प्रकाशित मिति:

लमजुङ/ लमजुङ- मनाङ जोड्ने बेँसीशहर चामे सडक पहिरोले अवरुद्ध भएको छ ।गएरातिदेखिको अविरल वर्षाले जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका स्थित स्याँगे र मनाङस्थित नासों गाउँपालिकाको तालमा पर्ने सडक माथिबाट आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सडकखण्ड अन्तर्गत स्याँगे र तालमा गरी दुई स्थानमा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय तनहुँका सवइञ्जिनियर सुमन अधिकारीले बताए ।उनले सडक खुलाउन दुवै स्थानमा एक्साभेक्टर लैजाने तयारीमा रहेको बताए । बेँसीशहर चामे ६५ किलोमिटर सडकमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्दछ ।खबरहब