आरडीटी नेगेटिभ आएपछि घर गएकी बालिकाको मृत्यु

६ असार २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


प्युठान/ आरडीटी नेगेटिभ आएपछि घर गएकी ११ वर्षीया बालिकाको मुत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं २ की बालिकाको शनिबार अपराह्न घरमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

जेठ २१ गते भारतबाट आएर सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेकी उनको असार ३ गते आरडिटी गरिएको थियो । आरडिटी रिपोर्ट नेगेटिभ आएपछि घर गएकी उनी होम क्वारेन्टिनमै बस्दै आएकी थिइन् ।उनी मिर्गौला र ब्लड क्यान्सरको बिरामी भएको सूचना अधिकारी पौडेलले बताए ।बालिकाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न स्वास्थ्यकर्मी घटनास्थल जाँदै गरेको जनाइएको छ अनलाईन खबरबाट 

फेसबुकबाट तपाईको प्रतिक्रिया