गुल्मी दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो

६ असार २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


गुल्मी/गुल्मीमा पहिरोले जिप पुरिँदा मृत्यु हुनेको संख्या २ पुगेको छ । शनिबार अपरान्ह जिल्लाको धुर्कोट गाउँपालिका वडाम्बर(३ हर्रापाटा भन्ने स्थानमा ग १ ज ३९९७ नम्बरको जिप पहिरोमा पुरिँदा २ जनाको ज्यान गएको हो । पहिरोमा परि जिप चालक प्रदिप पुन र १९ वर्षिय तुल्सीराम काउछाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बताए ।

जिप जिल्लाको मदाने गाउँपालिका पुर्कोटदहबाट धुर्कोट गाउँपालिकाको सोमरभोमर भन्ने स्थानका लागि छुटेको थियो । जिप पहिरोमा पुरिएर अन्य ४ जना घाइते भएका छन् । घाइते चालक अन्दाजी २२ वर्षिय प्रदिप पुनको उपचारका क्रममा मृत्यु भएको हो । जिपमा सवार २६ वर्षिय रमेश रानाको अर्घाखाँचीको सन्धिखर्कमा उपचार भैरहेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक राजिव श्रेष्ठले बताए । अन्य ३ जना सामान्य घाइते भएकाले स्थानीय मेडिकलमा उपचार गरिएको नायव निरिक्षक श्रेष्ठले बताए ।ग्लोबल आवाजबाट 

फेसबुकबाट तपाईको प्रतिक्रिया