सत्य माथि असत्य

सत्य माथि असत्य

सबै लाइ रातारात सेलिब्रेटि बन्नु छ यहाँ,
परिश्रम बिना नै सफलता चुम्नु छ यहाँ

धेरै को सपना धेरै अनुयायी बटुल्नु छ यहाँ
कामै नगरी कुरालेनै वाहि वाहि हुनु छ यहाँ

सत्य कर्म अनि मर्मको बेईज्जत गर्नु छ यहाँ
असत्य लाइ आत्मसात गर्दै पेट भर्नु छ यहाँ

सुको र शक्तिका भरमा धनीहरु बाँच्नु छ यहाँ
गाँस र बासको अभावमा गरीब मर्नु छ यहाँ

निःशुल्क शिक्षा स्वास्थ्य भन्दै वर्षौं टिक्नु छ यहाँ
सस्ता लोकप्रिय नाराले कोष धुत्नु छ यहाँ

राजनीति र कुटिल चालले जनताढाट्नु छ यहाँ
सिमानै मिचेपनी छिमेकीसँग त झुक्नु छ यहाँ।

#बिदुरगिरि

© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal