अब जमिन लुकाउन पाइँदैन, सबै सिस्टममा थाहा हुन्छ: मन्त्री अर्याल

काठमाडौं – भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले अब कसैले पनि जमिन लुकाउन नसक्ने गरी सरकारले सिस्टमको विकास गरेको बताएकी छन् । एउटा नागरिकताको आधारमा मुलुकभर उसको जमिन कति छ भन्ने सिस्टमबाट थाहा हुने बनाइएको मन्त्री अर्यालले जानकारी दिइन् । सहकारी पत्रकार समाजको नवांै स्थापना दिवसको अवसरमा बेल्दै मन्त्री अर्यालले भूमि व्यवस्थापनका सरकारले चासोका साथ काम गर्ने बताइन् ।

सरकारले भुमिहिन सुकुम्बासीको व्यवस्थापन गर्ने बताउँदै उनले भनिन, ‘प्रत्येक स्थानीय तहमा भुमि बैंक राख्ने, विउविजन उपलब्ध गराउने, व्यक्तिको नीजि जग्गा सरकारले समझदारीमै लिजमा लगाइदिने जस्ता राम्रा काम अब सरकारले गर्दैछ । भूमि भनेको नीजि हो यसमा जबर्जस्ती नगरी सम्बन्धित भूमिधनीलाई सम्झाएर जाने हो र जमिनको राष्ट्रियकरण सम्भव छैन ।’ हरेक सहकारी अभियन्तालाई बोलाएर एउटा पालिका एक फर्म खोल्न सरकारले गृहकार्य दिएर पठाउने पनि मन्त्री अर्यालले भनिन् । भूमि खालि भएर देश समृद्ध हँुदैन यसका लागि जमिन एकीकरण गरेर कागतीको पकेट एरिया बनाउँछौ । सहकारीलाई उत्पादनशिल क्षेत्रमा जाने बनाउँछौं’ उनले भनिन् ।

© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal