आज बीपीको स्मृति दिवस, राजनीतिक एवं राजनीतिक योगदान महत्त्वपूर्ण

नेपालकका  पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ३६ औँ स्मृति दिवस आज मनाइँदै छ । नेपाली काँग्रेसले संस्थापक नेता कोइरालाको स्वर्गारोहण भएको दिन साउन ६ गतेलाई विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै आएको छ ।

प्रजातान्त्रिक समाजवादी आन्दोलनका नेता, नेपाली काँग्रेसका संस्थापक, जननायक बीपी कोइरालाको स्वर्गारोहण २०३९ साउन ६ गते निधन भएको थियो ।

राजनीतिक योगदान

बीपी कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनको मूर्धन्य नेता थिए । कोइरालाले राणा शासनकाविरुद्ध नेपाली जनताको अधिकार प्राप्तिका लागि महत्त्वपूर्ण र ऐतिहासिक भूमिका निर्वाह गरेका थिए ।

राणाशासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ सालको क्रान्तिको नेतृत्व गरेका बीपी २०१५ सालमा भएको पहिलो आमनिर्वाचनपछि  जननिर्वाचित पहिलो प्रधानमन्त्री बन्न सफल भए ।

जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व गरेर प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे। प्रधानमन्त्रीत्व कालमा उनले बिर्ता उन्मुलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाए ।

बीपीलाई अपदस्थ गरी २०१७ साल पुस १ गते राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागु गरेपछि बीपीको जीवनमा खुबै उतारचढाव आयो । उनी थुप्रै समय जेलमा बसे । विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वाचित जीवन बिताएका थिए ।

भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठवटा ज्यान मुद्दाको पर्बाह नगरी २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका थिए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ । बीपी बिते पनि उनको त्यो योगदान अझै पनि स्मरणमा छ ।

साहित्यिक योगदान

उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान दिएका  छन् । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाबु, आमा र छोरा’ गरी छवटा उपन्यास प्रकाशित भएका छन् । त्यसै गरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छ ।

प्रजातान्त्रिक समाजवादका चिन्तक एवम् प्रयोक्ता कोइरालाले स्वतन्त्र रुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पु¥याउन योगदान दिए ।  बीपीका जेल जीवन, दोषी चस्मा, यहुदी र हिटलर, सुम्निमा, मोदीआइन, स्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाइ, आत्मकथालगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् । राजनीतिक उच्च छवि भएका बीपीले नेपाली साहित्यमा पनि अतुलनीय योगदान पुर्‍याएका छन् ।

© Sabal Post. 2018 All rights reserved. | Technology Partner: LgmNepal