maha-jodi Archives - Sabal Post maha-jodi Archives - Sabal Post

जनआन्दोलन स्वर्ण पदकबाट मह जोडी सम्मानित !

काठमाडौं कात्तिक २५ । बरिष्ठ हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’बाट सम्मान गरिएको छ । सर्वमान्य नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर ‘मह’ जोडीको रुपमा चर्चित बरिष्ठ हास्य कलाकारद्धय श्रेष्ठ र आचार्यलाई सम्मान गरिएको हो ।

शान्ति बाटिकामा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले महजोडीलाई सम्मान गरेका थिए । गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएकोमा मह जोडीलाई ‘जनआन्दोलन स्वर्ण पदक’ दिएको हो ।

© Sabal Post. 2018 All rights reserved. | Technology Partner: LgmNepal