विवादै विवाद्को चौघेरामा रेसुङ्गा नगरपालिका !

मनु सुनार / गुल्मी – रेसुङ्गा नगरपालिका विवादै विवाद्को चौघेरामा परेको छ । बुधबार रेसुङ्गा नगरपालिकाका कार्यपालिका सदस्यहरुले नगरप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका थिए । उनीहरुले नगरपालिकाको कार्यपालिकालाई बाई पास गरी प्रमुख प्रशासकिय अधिकृत तथा नगरप्रमुखले विभिन्न समयमा अख्तियार भन्दा बहिर गएर काम गर्ने प्रवृत्ति अगाडि बढाएको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् । पछिल्लो समय महेन्द्र नमुना माध्यामिक विद्यालयमा नवनियुक्त प्रधानाध्यापको बिषयलाई नगरपालिकामा मत बाझिँएको हो । २०७६ साउन ९ गते नमुना विद्यालय विकास एवं सञ्चालन निर्देशिका २०७४ (संशोधन सहित)अनुसार प्रधानाध्यापक नियुक्तिका लागि गठित छनौट समितिबाट युवराज ज्ञवालीको नाम सिफारिस भई आएकाले पाँच वर्षे विद्यालय विकास योजना अनुसार करार सम्झौता गरी विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक पदमा नियुक्ति गरेको थियो ।

तर प्रअ छनौट समितिले सिफारिस गरेका उम्मेदवार युवराज ज्ञवालीले ७० अङ्क प्राप्त नगरेकोले सो निर्णय बदरका लागि प्रधानाध्यापकका अर्का उम्मेदवार केशर बहादुर थापाले रेसुङ्गा नगरपालिकामा उजुरी दिएका थिए । प्रधानाध्यापकका उम्मेदवार मध्ये केशर बहादुर थापाले ५८.६६ र अर्का उम्मेदवार युवराज ज्ञवालीले ६७ अङ्क प्राप्त गर्नुभएको प्रअ छनौट समितिले जनाएको थियो । दुवै उम्मेदवार ७० प्र्रतिशत अंक ल्याउन नसेकेको अवस्थामा दुवै उम्मेदवार अयोग्य भएको ठहर गर्दै नगरपालिकाले छनौट प्रक्रिया वदर गरी पुनःप्रधानाध्यापक छनौट अगाडि बढाउन पत्राचार गरेको थियो । तर नगर कार्यपालिकाको बैठकमा यस बिषयमा एजेण्डा नै प्रस्तुत नगरी प्रमुख प्रशांसकिय अधिकृत तथा नगरप्रमुखको संयुक्त दस्तखतबाट प्रअ छनौट समितिले सिफारिस गरेका उम्मेदवार युवराज ज्ञवालीलाई अपदस्त गरी केशर बहादुर थापालाई प्रअ बनाउन पत्राचार गरेको उनीहरुको भनाई छ ।

तालाबन्दी पछि सञ्चारकर्मीसँग कुरागदै नगरकार्यपालिकाका एक सदस्य तथा वडाअध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेयले हचुवाको भरमा विज्ञप्ती निकालेको शैलीमा विद्यालयलाई पत्राचार गरेको बताउनुभयो । ‘कुनै पनि ठुलो समस्यामा नगरकार्यपालिकाको बोडीले पास गरेपछि मात्रै निर्देशन गर्ने कुरा हुन्छ ।’ तर नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृतको स्वःइच्छाले मात्रै निर्देशन गरेको भन्दै यसप्रति आफूहरुको गम्भिर आपक्ति रहेको बताउनुभयो । ‘नगरपालिका सिस्टममा हिड्नु पर्छ । विद्यालयको व्यवस्थापन समितिले निर्णय नै नगरी अर्को प्रअ कसरी नियुक्त गरियो ?’प्रश्न गदै उहाँले भन्नुभयो ‘यसरी ठाडो आदेश र हस्तक्षेपकारी नितिलाई जोड दिए समाज शान्तीपूर्ण रुपमा रहन सक्दैन् ।’ यस बिषयलाई लिएर प्रमुख प्रशासकिय अधिकृतसँग पनि छलफल पनि सहमति नभएपछि तालाबन्दी गर्नुपरेको बताउनुभयो । यता महेन्द्र नमुना माध्यामिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणि पन्थीले समितिलाई तोकिएको काम गर्दा गदै नगरपालिकाबाट ठाडो नाङ्गो नाँच नाचिँएको बताउनुभयो । नमुना विद्यालयको निति र प्रक्रियानुसारनै प्रअ नियुक्ती गरेको भन्दै नगरपालिकाले हस्तक्षेप नगर्न आग्रह गर्नुभयो ।

© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal