पुनमको ‘बारुले कम्मर’ बजारमा

बुटवल – हिन्दू नेपाली महिलाहरुको महान चार्ड हरितालिका तिज नजिकिए संगै नेपाली बजारमा तिज गीतहरु ब्यापक रुपमा छाएका छन । यसै क्रममा लोक तथा दोहोरी गायिका पुनम सुनार र लोक गायक गोबिन्द पराजुलीको स्वरमा सजिएर मौलिक तिज गीत बारुले कम्मर बजारमा आएको छ । बिगतका बर्षपनी तिज गीत बजारमा ल्याएकी पुनमले २०७६ सालको प्रथम तिज गीत भर्खर युट्युब बाट सार्वजनिक गरेकी छन ।

पिस नेपाल इन्टरटेन्ट मार्फत बजारमा आएको तिज गीतले थप चर्चा बटुल्ने गायक गायिकाले सबलपोस्टलाई जानकारी दिए । बारुले कम्मरको लय ,सब्द सञ्जय परीयार , एरेन्ज अर्जुन थापा मगर सम्पादन रोशन धिताल र निर्देशन अर्जुन थापा मगरले गरेका छन भने अभिनय रमे, सुमी,प्रितम र स्‍मृतिको रहेको छ ।

हेर्नुहोस् भीडियो :-  https://youtu.be/mQfNNXalKUI

© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal