ram-bhandari Archives - Sabal Post ram-bhandari Archives - Sabal Post

मुख्यमन्त्री पोखरेलले गरे धुर्कोट गाँउपालिकाको भवन उद्घाटन

गुल्मी – धुर्कोट गाँउपालिकाको नवनिर्मित भवन उद्घाटन गरिएको छ । भवनकाे ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै मुख्यमन्त्री पाेखरेलले विकास र समृद्धि आफुहरूकाे एजेण्डा भएकाे बताए । उनले देशका सात प्रदेशमध्ये सबैभन्दा धेरै कानुन प्रदेश पाँचले बनाएकाे, विकास खर्च सबैभन्दा धेरै गर्न सफल भएकाे लगायतका काम गरेकाे जानकारी गराए । मुख्यमन्त्री पाेखरेलले संघियता आइसकेपछि देशमा आमुल परिवर्तन भएकाेले देश विकासकाे बाटाेमा अगाडि बढेकाे बताए । त्यसका साथै उनले कृषिमार्फत राेजगारि सिर्जना गर्ने, तीन बर्षभित्र आधारभुत खानेपानी पुर्याउने, ९० प्रतिशत अनुदानमा साेलार उपलब्ध गराउने लगायतका याेजना रहेकाे बताए ।

त्यसका साथै उनले तम्घास सालझण्डी तम्घास सडक, स्थानीय तहकाे केन्द्रदेखि वडाकार्यालयसम्म पुग्ने माेटर बाटाे पिच गर्ने जिम्मा प्रदेश सरकारले लिएकाे बताए । आगामी बर्ष जेठ मसान्तसम्म सबै आयाेजना सम्पन्न गर्ने, आर्थिक बृद्धिदर र प्रतिव्यक्ति आय उच्च गराउने, कृषि र उध्धाेगमार्फत प्रदेशलाई समृद्ध बनाउने लगायतका याेजना रहेकाे पनि जानकारी गराए । धुर्काेट गाँउपालिकाकाे भवन १ कराेड ३५ लाखकाे लागतमा निर्माण सम्पन्न भएकाे हाे । आव २०७४/७५ मा सुरू भएकाे भवन निर्माण कार्य आव २०७५/७६ मा सम्पन्न भएकाे गाँउपालिका अध्यक्ष भुपाल पाेखरेलले जानकारी दिए । भवन बनाउका लागि स्थानीयले निःशुल्क ८ राेपनी जग्गा समेत प्रदान गरेका छन् । स्थानीय कृष्ण प्रसाद घिमिरे, हरी प्रसाद घिमिरे, राम प्रसाद घिमिरे र गणेश घिमिरेले प्रदान गरेकाे प्रमुख प्रशासकिय अधिकृत काँशिराम पन्थीले जानकारी दिए । उद्घाटन कार्यक्रमकै अवसरमा भवन निर्माण गर्नका लागी जग्गा उपलब्ध गराउने जग्गादातालाई पनि सम्मान गरिएकाे छ ।

चर्चाको शिखर चुम्न सफल को हुन् फुलन्देकी ‘आमा’ ? जान्नुहोस !

काठमाडौं – एक दिन आफू चर्चित हास्य कलाकार हुन्छु भनेर उमेश राईले कहिल्यै पनि सोचेका थिएन । दुई वर्ष साउदी अरेबियामा ‘स्टोर किपर’ को रूपमा काम गरेर वि.सं २०७२ सालमा उमेश नेपाल फर्किए । भोजपुरमा जन्मिएका २६ वर्षीय उमेशले पहिलो इनिङ्गमै हास्य क्षेत्रमा सफलता हात परे।

यो क्षेत्रमा नयाँ अनुहार भएपनि उनले ‘मुन्द्रेको कमेडी क्लब’ नामक कार्यक्रममा निर्वाह गर्ने ‘फुलन्देको आमा’ भूमिकामा कारण उनी रूचाइएका छन्। महिला पात्रको भूमिका गरेपछि लैङ्गिक मुद्दालाई हेर्ने आफ्नो दृष्टिकोण परिवर्तन भएको उनी बताउँछन्। पुरुष भन्दा महिला कुनै पक्षमा कमजोर नहुने उनको बुझाइ छ। फुलंदेकी आमाको भूमिकाबाट चर्चाको शिखर चुम्न सफल कलाकार हुन् उमेश राई। देश तथा बिदेशमा रहने नेपालीहरुले उनको अभिनय र नृत्यकौशलको खुलेर तारिफ गरेका छन। उनी आमाअग्नी कुमारी मीडिया द्वारा प्रसारणमा आउने हास्य टेली सो मुन्द्रेको कमेडि क्लबमा आवद्द छन ।

© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal