सिराहामा १२ वर्षीया बालिकामाथि सामूहिक बलत्कार !

मङ्सिर २८ सिराहा– सिरहाको सुखिपुर नपा ६ खरहीटोलमा बुधबार बेलुकी एक बालिकाकाे सामूहिक बलात्कार भएकाे छ। बुधबार बेलुका घरबारीमा पिसाब फेर्न निस्केकी १२ वर्षीय बालिकालाई दुईजना युवाहरुले मुख थुनेर नजिकैको खेतमा लगी सामुहिक रुपमा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। छोरी निकैबेरसम्म नअाएपछि खोज तलास गर्दा खेतमा भेटिएको अभिभावकलाई उदृत गर्दै प्रहरीले जनाएको छ। छोरी चिच्याएपछि बलात्कारमा संलग्न दुवैजना भागेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न दुवैजना युवा गाउँकै भएको प्रहरीले जनाएको छ। अनुसन्धानमा असर पर्ने भन्दै पीडकहरूको नाम सार्वजनिक गर्न नसकिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी माधवराज खरेलले बताए। पीडित बालिकाको जिल्ला स्वास्थ्य कार्यालय सिरहामा स्वास्थ्य परीक्षण भइसकेको पनि प्रहरीले बताए। प्रहरीका अनुसार फरार दुवै युवकहरुको खाेजी भइरहेको छ।

© Sabal Post. 2018 All rights reserved. | Technology Partner: LgmNepal