समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको उद्धार

प्रकाशित मिति:

काठमाडौँ । भारतको मुम्बईमा अल्पत्र परेका ८१ जनालाई नेपाली दुई दाजुभाइको पहलमा उद्धार गरिएको छ । नेपालको स्याङ्जा, पाल्पा र नवलपरासीका गरी कुल ८१ जना हिजो नेपाल आइपुगेको उद्धारकर्ता सागर भण्डारीले जानकारी दिनुभयो । उनीहरुलाई आ आफ्नो गाउँको स्थानीय सरकारले क्वारेन्टाइनमा राखेका छन् ।स्याङ्जाको गल्याङ् नगरपालिका वडा नं। ९ का सागर भण्डारी र शलिकराम भण्डारीको पहलमा उनीहरुलाई नेपाल ल्याइएको हो ।सागर र शालिकरामले मुम्बइमा रहेका स्याङ्जालीहरुलाई उद्धार गर्न पटक पटक आग्रह गरेपछि स्याङ्जाकै सांसद समेत रहनु भएकी भूमि सुधार मन्त्री पद्यमा अर्याल र नेकपा स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैह्रे पारसले नेपालबाट आवश्यक प्रवन्ध गर्नुभएको थियो ।

उद्धार गरिएका नेपालीहरुसँगै आउनु भएका शालिकरामले उनीहरुलाई उद्धारका लागि मन्त्री अर्याल र अध्यक्ष पारसले निकै महत्वपूर्ण भूमिका खेलेको भन्दै कृतज्ञाता ज्ञापन गर्नुभयो । आफुहरु अहिले नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेको र सवै प्रक्रिया पुरा गरेपछि मात्रै घर जान पाइने भएकाले धेरै खुशी लागेको उहाँले बताउनुभयो ।उहाँले केहीदिन पहिले आफुहरुलाई उद्धार गर्न आग्रह गर्दै मन्त्री अर्याललाई लेखेको पत्र विभिन्न सञ्चार माध्यममा प्रकाशित भएपछि मन्त्री अर्याल र अध्यक्ष पारसले सहयोगका लागि सक्रियता देखाउनु भएको थियो । उद्धार गरिएकाहरुलाई मुम्बईबाट सुनौलीसम्म आफुले दुई ओटा गाडीको व्यवस्था गरिदिएको र सुनौली नाकादेखि आ आफ्नो गाउँसम्म लैजानका लागि अध्यक्ष पारसले गाडीको व्यवस्था गरिदिएको उद्धारकर्ता सागर भण्डारीले जानकारी दिनुभयो ।लामो समयदेखि मुम्बईमा रोजगारीका लागि बसेर पनि नेपालीको सेवामा अहोरात्र खट्ने सामाजिक अगुवा सागरसँग भारतका सरकारी अधिकारीहरुको राम्रो सम्वन्ध रहेको छ ।

भारतका सरकारी अधिकारीहरुको अनुमती र सहजीकरण विना नेपालीले आउन नपाउने भएकाले उनीहरुसँग अनुमती लिने व्यवस्था सागरले नै गर्नुभएको थियो । त्यसका लागि नेपालको तर्फबाट चाहिने कागजपत्र अध्यक्ष सागरले जिल्ला प्रशासन कार्यालय र सम्वन्धीत नगरपालिकाबाट बनाईदिनु भएको थियो ।सामाजिक अगुवा सागर भण्डारीको संयोजकत्वमा उनीहरुलाई नेपाल ल्याउने व्यवस्था गरिदिन आग्रह सहित लेखिएको पत्रपछि उनीहरु नेपाल आउन पाएका हुन् ।उद्धार गरिएका सवैले मन्त्री अर्याल, अध्यक्ष पारस र उद्धारकर्ताद्धय सागर, शालिकरामप्रति कृतज्ञाता ज्ञापन गरेका छन् । शालीकराम भण्डारीले केही समय अगाडी भुमीसुधार मन्त्री पद्मा अर्याल सम्वोधन गरेर लेखेको पत्र सबलपोष्टले प्रकाशन गरेको थियो ।  शालीकरामले लेखेको पत्र सबलपोष्टले प्रकाशन गरेको लीक

स्याङ्जाली मन्त्री पद्यमा अर्याललाई मुम्बईबाट स्याङ्जाकै शालिकरामको अपिल